४० विद्यार्थी सवार बस खाेंचमा खस्यो, १६ जनाको मृत्यु

एजेन्सी

भारतको हिमाञ्चाल प्रदेशको कुल्लुमा एउटा बस खोंचमा खस्दा १६ जनाको मृत्यु भएको छ ।

सोमबार बिहान भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा विद्यालयका बालबालिका पनि छन् । 

कुल्लुका डेपुटी कमिसनर  आशुतोष गर्गले साँजतर्फ जाँदै गरेको उक्त बस बिहान साढे ८ बजे जंगला गाउँनजिकै खाँचोमा खसेको बताए ।

बसभित्र कम्तीमा ४० विद्यार्थी सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । 
 

प्रतिक्रिया