विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग

नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग जोडदार माग गरेको छ ।

बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै अनेरास्वियूले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधन प्रयोग गर्न प्रोत्साहन गर्न सरकारले विद्यार्थीलाई नि:शुल्क रूपमा विद्युतीय चुल्हो दिनुपर्ने माग गरेको हो ।पेट्रोलियम पदार्थमा कर छुट गरी नेपाल आयल निगमलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन निर्देशन गरी जनजीवन सहज बनाउन पनि सरकारसँग माग गरेको छ । निरन्तर रूपमा हुने मूल्यवृद्धि र यसबाट सिर्जित महँगीको मारबाट जोगिन अब राज्यले वैकल्पिक बाटो अपनाउनु अत्यन्त जरुरी छ ।

विद्युतीय खपत र पेट्रोलजन्य पदार्थ महँगीको विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन अनेरास्ववियूको माग दीर्घकालीन समाधानका लागि विद्युतीय साधनहरूको प्रयोगमा जोड दिनु पर्ने अनेरास्ववियूको निष्कर्ष रहेको छ । त्यसकारण विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्यार्थीहरूलाई निःशुल्क विद्युतीय चुलो उपलब्ध गराई विद्युतीय शुल्कमा सहुलियत समेतको व्यवस्था गर्न अनेरास्ववियू सरकार समक्ष जोडदार माग गर्दछ, अनेरास्ववियूका कार्यवाहक अध्यक्ष द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।यसका साथै अनेरास्ववियूले नेपाल खुला विश्वविद्यालयमा अनियमितता भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया