अस्ट्रेलियाको मेलबर्नमा ‘नेपाल फेस्टिभल मेलबर्न-२०२२’ को आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर १० मा फेडरेसन स्क्वाएरमा महोत्सव आयोजना गरिने एनआरएनएका अस्ट्रेलियाका उपाध्यक्ष हरि खड्काले जानकारी दिए ।
खड्काक अनुसार, फेस्टिभलमा विदेशीहरूलाई नेपाल र नेपालीको शान अनि मानका बारेमा जानकारी दिनुका साथै नेपालीपन झल्किने झाँकी प्रदर्शन गरिनेछ । नेपाली कलाकारहरुका प्रस्तुति समेटिने पनि समेटिने जनाइएको छ ।
नेपाली संस्कृति, कला, भेषभूषा तथा नेपाली खानाका परिकारहरुलाई प्रवासमा प्रचार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।











