३० विद्यालयले पाएनन् दिवा खाजा र सेनेटरी प्याडको रकम

दिलमाया शाही

तिला गाउँपालिकाका ३० वटा विद्यालयले विगतदेखि पाउँदै आएको दिवाखाजा र छात्राका लागी दिने सेनेटरी प्याडबापतको रकम रोकिएको बताएका छन् । 
गाउँँपालिकाको शिक्षा र लेखा शाखाको गैरजिम्मेवारीका कारण तेस्रो चौमासिकको रकम रोकिकएको हो । दिवा खाजा कार्यक्रमको रकम विद्यालयको खातामा नआएपछि कार्यक्रम रोक्नु परेको तिलाका २७ वटा विद्यालय र तीन बालविकास केन्द्रले जनाएका छन् ।

तर, अभिभावकले भने विद्यालय र शिक्षकले नै रोकेको जस्तो व्यवहार गर्न थालेको सेतिवाडा माध्यमिक बिद्यालयका प्रधनाध्यापक यज्ञप्रसाद अधिकारीले बताए । उनले भने, ‘पालिकाले तिलाका सबै बिद्यालयको दिवाखाजा र सेनेटरी प्याडबापतको रकम रोकेको छ ।’

रकम रोकिएका सबै बिद्यालयका प्रधानाध्यापकले यसको विरोध गरेको बताए । तर, पालिकाको शिक्षा शाखा र लेखाले चेक नकाटेको प्रतिकिया दिए । उनका अनुसार सेतीवाडा बिद्यालयमा दुई सय ६ जना दिवाखाजा खाने बिद्यार्थी छन् । एक सय ९६ जना छात्रा छन् । यहाँ जम्मा तीन सय ८० जना विद्यार्थी अध्ययनरत छन् । 

६४ लाख ३४ हजार ६ सय ८० रुपैयाँ फ्रिज 
तिला गाउँपालिकाको शिक्षा शाखाका सहसंयोजक दिपेन्द्र हमालका अनुसार लेखाका कारण उक्त रकम रोकिएको हो । उनले भने, ‘हाम्रो शाखाले सबै विद्यालयको छात्रावृृत्ति, दिवा खाजा, विद्यालय सञ्चालन अनुदान, पाठ्यपुस्तकलगायतको रकम बारे प्रक्रिया पूरा गररे ७ आसरमै लेखामा पठाएको हो ।’ तर लेखाले अन्य सबै शीर्षकको चेक काटेर दिवा खाजा र सेनेडरी प्याडको रकम भने रोकेको उनको भनाइ छ । उनका अनुसार तिलाका विद्यालयहरूले पाउने दिवाखाजाको ४७ लाख, पाँच हजार ६ सय ८० रुपैयाँ र सेनेटरीप्याडको १७ लाख २९ हजार गरी ६४ लाख ३४ हजार ६ सय ८० रुपैया फ्रिज गरेको हो ।

शिक्षा शाखाका सहसंयोजक  हमालका अनुसार गतवर्ष अपुग छात्रावृत्रिको रकम पालिकाले थपेको थियो । यही कारण महालेखा परीक्षकको कार्यालयले २४ लाख बेरोजु देखाएको थियो । यही रकम असुल गर्न रकम मपठाएको हुनसक्ने उनले जवाफ दिए । 

तिला गाउँपालिका–५ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय सरकारले यो कार्यक्रम आफै लागु पर्नुपर्नेमा आएको रकम समेत रोक्नु गल भएको बताए । उनले यो रकम तुरुन्त मिलाउन उनले दबाब दिने बताए । 

प्रतिक्रिया