रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

नेपालगन्ज : रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगंज शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको गरेको छ ।

नेपालगन्जमा शनिबार रिलायवल नेपाल लाइफ ईन्सुरेन्स नेपालगन्ज शाखाले राम्रो ब्यवसाय दिन सफल अभिकर्तालाई सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।

बाँके बर्दिया कलस्टर हेड हेमन्त शाहीको अध्यक्षता तथा एमडीआरटी रमेश बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

त्यस्तै कार्यक्रममा सहायक डिभिजन एजेन्सी म्यानेजर भिम बुढाथोकी, सहायक वरिष्ठ एजेन्सी म्यानेजर दिपक कुमार उपाध्याय खनाल , सिनियर एजेन्सी म्यानेजर अनु चौधरी, सहायक सिनियर एजेन्सी म्यानेजर पुस्तिका थापा, एजेन्सी म्यानेजर तुलशा बोहरा लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा हिरो अफ दि मन्थ (असार) ले बिनोद पौडेल र हिरो अफ दि ईएरले अनु चौधरीलाई सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा कम्पनीका बाँके बर्दिया कलस्टर हेड हेमन्त शाही र कम्पनीको नेपालगन्ज शाखा प्रमुख शुभम खेसरीले एजेन्सी तथा अभिकर्ताहरुलाई उत्प्रेरित गर्न एमडिआरडी तथा जीवन बिमाको क्षेत्रमा काम गर्ने सीप समेत प्रदान गरेका थिए ।

प्रतिक्रिया