‘नेपालगन्ज सेन्ट जेवियर्स कलेज’ द्वारा गरियो ओरिन्टेसन कार्यक्रम

नेपालगन्ज : शिक्षा क्षेत्रलाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता लिइ नेपालगन्जमा यसै वर्ष स्थापना भएको कलेज हो ‘नेपालगन्ज सेन्ट जेवियर्स कलेज’। स्थापना कालको पहिलो वर्षमै यस् कलेजलाई विश्वास गर्ने विद्यार्थी एवम् अभिभावकको संख्या बढ्दो छ।

यसैक्रममा, कलेजले शनिबार नेपालगन्जमा यसै कलेजमा अध्ययनरत कक्षा ११ को विद्यार्थीहरुको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। कलेजको बारेमा जानकारी दिनुका साथै नव आगन्तुक विद्यार्थीहरुलाई सिकाई उपलब्धि बारे केही जानकारी दिने उद्देश्यले ओरिन्टेसन कार्यक्रम आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ।

विज्ञान संकायमा अध्ययनरत ८५ जना र व्यवस्थापन संकायमा अध्ययनरत ७६ जना विद्यार्थीहरु उक्त ओरिन्टेसन कार्यक्रममा सहभागी थिए। ओरिन्टेसन पश्चात् आफुले धेरै कुराहरुको बारेमा जानकारी लिने अवसर कलेजले दिएको विद्यार्थीहरुको भनाइ थियो।

ओरिन्टेसन कार्यक्रममा कलेजका अध्यक्ष दिनेश शाहले विद्यार्थीको गुणस्तरीय शिक्षामा कुनै पनि कमीकमजोरी हुन नदिने बताएका थिए।

कार्यक्रममा बोल्दै उनले भने, ‘हाम्रो यस् कलेजले स्थापना कालको पहिलो वर्षमै धेरै अभिभावक एवम् विद्यार्थीहरुको मन जित्न सफल भएको छ। जुन कुरामा कलेज परिवार निकै हर्षित हुनुका साथै जिम्मेवार वहनमा विशेष जोड दिएको छ। आगामी दिनमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा कलेजले कुनै कसुर बाँकि राख्ने छैन।’

उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, कलेजका फाउन्डर, अभिभावक लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन भने रमेश बजगाईँले गरेका थिए।

प्रतिक्रिया