बाँके जिल्ला स्तरीय कबड्डी खेलको छनौट ८ गते हुने

नेपालगन्ज : पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद अन्तर्गत बाँके जिल्ला स्तरीय कबड्डी खेलको छनौटको मिति घोषणा गरिएको छ ।

भदौ ८ मा बाँके जिल्ला स्तरिय कबड्डी खेलको छनौट गरिने जिल्ला खेलकुद बिकास समिती बाँकेले जनाएको छ ।

जिल्ला कबड्डी संघ बाँकेको संयोजनमा आयोजना हुने छनौट खेल नेपालगन्ज मोडल एकेडेमी नेपालगन्जमा हुने जिल्ला कबड्डी संघ बाँकेका अध्यक्ष जनार्दन खत्रीले जनाएका छन् । छनौट महिला तर्फ बिहान ८:३० बजे र पुरुष तर्फ दिउस १ बजे हुने छ ।

प्रतिक्रिया