बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यका लागी डाक्टर कर्णको स्वतन्त्र उम्मेदवारी घोषणा

नेपालगन्ज : सरकारले मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन देशैभरि एकै चरणमा गर्ने घोषणा गरिसकेको अवस्थामा बाँकेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारी घोषणा गरेर निर्वाचनमा होमिनेको संख्या दिनानुदिन बढी रहेको छ ।

त्यस्तोमा चिकित्सा क्षेत्रमा ११ वर्षदेखि सेवारत डाक्टर विनोद कर्णले मंसिर ४ गते हुने निर्वाचनमा बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका लागी उमेदवारी दिने भएका छन ।

डाक्टर कर्णले नेपालगन्जमा आज एक पत्रकार सम्मेलन गरेर आफ्नो उमेदवारीको घोषणा गरेका हुन ।

नेपालगन्ज मेडिकल कलेजका सह प्राध्यापक पलास्टिक सर्जन डाक्टर कर्णले यस अघि पनि विवेकशिल साझा पार्टिका तर्फबाट उमेदवारी दिएका थिए । डा. कर्णले यसपटक कुनै पार्टि बाट नभई स्वतन्त्र बाट उमेदवार दिने निर्णय गरेको बताए । ‘स्वतन्त्र रुपमा कुनै दवाबमा नरहेर नेपालगन्ज बासिको हितका लागी काम गर्ने उदेश्यका साथ उमेदवारी दिने निर्णण गरेको हुँ’ उनले भने ।

नेपालगन्जको डुवान व्यवस्थापन, आन्तरिक पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना, शिक्षामा सबैको पहुच, हरियाली नेपालगन्ज लगाएतका आफ्ना प्रमुख एजेण्डा हुने उनले बताए । डा. कर्ण नेपालगन्जलाई समृद्ध भएको हेरेर मात्र मर्ने इच्छा रहेको भन्दै भक्कानिए । 

प्रतिक्रिया