रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाले मनायो आफ्नो वार्षिकोत्सब

नेपालगन्ज : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालगन्ज शाखाले छैठौं वर्ष प्रवेशको उपलक्ष्यमा एक कार्यक्रम गरि मनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०७४ भदौ १५ गतेदेखि जीवन बीमा व्यवसाय शुभारम्भ गरेको थियो, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स नेपालगन्ज शाखाले आफ्नो वार्षिकोत्सब मनाउने क्रममा शाखामा कर्मचारी तथा एजेन्सी सहभागी भइ शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा कम्पनीका प्रदेश ६ प्रमुख सुरेन्द्र थापा, बाँके बर्दिया कलस्टर हेड हेमन्त शाही, शाखा प्रमुख सुभम, दिपक कुमार उपाध्याय खनाल, प्रभा शाही बुद्धि बहादुर ओली, बिनोद पौडेल लगायतको सहभागीता रहेको थियो ।

त्यस्तै कम्पनीको शाखा कार्यालय कोहलपुर तथा गुलरियामा पनि छैठौं वर्ष प्रवेशको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

कम्पनीले स्थापनाको छोटो समयमै स्थापित र प्रचलित ब्राण्ड बनाउन सफल भएको छ । कम्पनीले विभिन्न जिल्लामा वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु गरेर मनाएको छ ।

आजको दिनसम्ममा रिलायबल नेपालले १२ वटा जीवन बीमा योजना मार्फत बीमितलाई सेवा प्रवाह गर्दै आइरहेको छ । कम्पनीले नेपालभर ८२ वटा शाखा कार्यालय र २० हजार ९६६ जना अभिकर्ता मार्फत जीवन बीमा व्यवसाय गर्दै आएको छ । कम्पनीले लघु तथा अन्य पोलिसी सहित ४२ लाख २२ हजार ७६६ वटा पोलिसी जारी गरिसकेको छ ।

बीमितले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बीमा शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था छ । बीमितहरुले प्राप्त गर्ने बोनसदर पनि हरेक वर्ष बढिरहेको छ । आर्थिक वर्ष २०७७/७८ को लागि बीमितले अधिकतम प्रतिहजार ७५ रुपैयाँसम्म पुर्याउन सफल भएको छ । स्थापनाको ५ वर्ष पुरा गरी ६ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले नियामक निकाय, संस्थापक, अभिकरत्, बीमित, कर्मचारी लगायत सम्पुर्णलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया