थारु भाषाको ‘पहेली बार हुईल मुलाकात’ बोल गीतको म्युजिक भिडियो सार्बजनिक

नेपालगन्ज । पछिल्लो समय थारु भाषाका गीतहरुले आफ्नो छुट्टै स्थान बनाउन सफल भएका छन् । सुन्दा मिठो लाग्ने र दर्शक र श्रोताहरुको सजिलै मन जित्न सफल भएका छन् थारु भाषाका गीतहरु । यसै क्रममा थारु भाषाको ‘पहेली बार हुईल मुलाकात’ बोल गीतको म्युजिक भिडियो आरकेसी युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ । बाँकेका बिभिन्न स्थानमा छायाकंन गरिएको गीत सार्बजनिक भईरहदा दर्शक तथा स्रोताहरुको मन जित्न सफल हुनेमा निर्माण टिम विस्वस्थ रहेको गीतका निर्देशक नवराज सुवेदी बताउँछन् ।

गीतमा शब्द तथा सङ्गीत उमेश मुस्कान, सङ्गीत संयोजन केशब बडुको रहेको छ भने आवाज प्रमोद डिजी र अन्नु चौधरीको रहेको छ । साथै मोफसलमा रहेर केन्द्रसँग जोडिएर कार्य गर्दे आएका निर्देशक नवराज सुबेदीको निर्देशन रहेको यस गीतमा तिलक चदारा र रितु चौधरीको अभिनय रहेको छ । भरत शाहीले कोरियोग्राफीमा साथ दिएका छन । गीतमा रामु चोधरीको छायाकंन तथा सम्पादन रहेको छ । लक्ष्मी चौधरीको मेकअप र बिदुसा डान्स कम्पनीको पनि सहकार्यमा गीत निर्माण भएको छ । पछिल्लो समय थारु भाषाका गीतहरुमा धेरै चाँसो बढेको बताउने निर्देशक नवराज सुबेदीको यो थारु भाषाको पाचौं गीत हो ।

पुरा भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया