नव नियुक्त खजुरा क्यान्सर अस्पतालका अध्यक्ष मल्ललाई अनेरास्ववियूको सम्मान

नेपालगन्ज : अनेरास्ववियु बाँकेले शुशिल काेइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको नव नियुक्त अध्यक्ष टेकेन्द्र मल्ललाई स्वागत तथा सम्मान गरेकाे छ।

अनेरास्ववियुका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश अध्यक्ष मल्लले अव अस्पताललाई मध्य तथा सुदुरपश्चिम कन्यासरका विरामिले अन्त धाउनु नपर्ने गरि सेवा सुविधा दिने अस्पताल
वनाउने बताएका छन् ।

नेकपा एकिकृत समाजवादीका पाेलिटव्युराे सदस्य दलवहादुर सुनारले शुभकामना दिदै गर्व गर्न लायक काम गर्न सुझाव दिएका थिए ।

त्यसतै केन्द्रीय सदस्य अव्दुल हुसेन खाँ, जिल्ला अध्यक्ष इन्द्रबहादुर थापा लगायले शुभकामना दिएका थिए।

स्वागत तथा सम्मान पछि मल्लले पार्टी,जनता, सुवेच्क्षुक, विरामि सवैकाे मन छुने गरि अस्पताललाई नमुना वनाउन लाग्ने प्रतिवद्ता समेत राखेका थिए। सम्मान कार्यक्रम अनेरास्ववियु जिल्ला अध्यक्ष इन्द्रबहादुर वस्नेतकाे अध्यक्षतामा भएको थियाे।

प्रतिक्रिया