नेपालगन्जमा मनाइयो २८ औं राष्ट्रिय कण्डम दिवस

नेपालगन्ज : आज २८ औं राष्ट्रिय कण्डम दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइएको छ। यसैबीच, नेपालगन्जमा पनि शनिबार २८ औं कण्डम दिवस मनाइएको छ।

‘कण्डमको सही प्रयोगले दिन्छ एचआईभी, यौन रोग र नचाहेको गर्भ, सबैबाट सुरक्षा’ भन्ने मुल नाराका साथ स्वास्थ्य कार्यालय बाँकेको आयोजनामा विविध कार्यक्रम गरि नेपालगन्जको बसपार्कमा कण्डम दिवस मनाइएको हो।

कण्डम दिवसको अवसरमा करिब ७ हजार कण्डम वितरण गरिएको बताइएको छ। त्यस्तै, ५ हजार ल्युबसमेत वितरण गरिएको स्वस्थ्य कार्यालय बाँकेका एचआइभि फाेकल पर्सन मानब नेपालले बताए ।

साथै २० बढी व्यक्तिले स्व-इच्क्षाले एचआइभि परीक्षण गरेको एनसारका कार्येक्रम सयोजक माजिद अलीले बताए ।

स्वस्थ्य कार्यालय बाँकेले आयोजना गरेको उक्त कार्यक्रममा एनसार्क, चेन्ज टिम, पस्चिम तारा नेपाल, जुनकिरी महिला समुह, एनडिसि, एएचएफ नेपाल, टिबि नेपाल, किड्सको सहयोग रहेको थियो ।

प्रतिक्रिया