माओवादीको किचलोकै बीच क्षेत्र नम्बर ३(क) मा के होला नतिजा ?

नेपालगन्ज : देशभर दुई गठबन्धन वा चुनावी साझेदारीका बीच मङ्सिर ४ मा निर्वाचन हुँदै छ । एकातर्फ सत्तासाझेदार दल बिचको गठबन्धन छ भने अर्को तिर एमाले सहित राप्रपा र जसपा र अन्य साना दल तथा ब्यक्ति सम्मेलित चुनावी तालमेल छ ।

यस्तोमा बाँकेमा समेत सोही समीकरण हावी देखिन्छ । बाकेमा केही साना दल र स्वतन्त्रहरु समेत चुनावी मैदानमा होमिएका छन् ।

बाँके क्षेत्र नम्बर ३ (क) मा नेकपा माओवादी केन्द्रमा आएको विवादले बाँकेमा चुनावी माहोल झनै रोमान्चिक बन्दै गएको छ ।

नेकपा एसका पोलिट्ब्युरो सदस्य समेत रहेका पुर्व राज्यमन्त्री दलबहादुर सुनार स्वतन्त्र उम्मेदवारी दिएर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे संगै नेकपा माओवादीमा किचलो सुरु भएको हो ।

स्वतन्त्र उम्मेदवारी दिएका सुनार र नेकपा माओवादीको तर्फबाट टिकट पाएका उम्मेदवार आइपी खरेललाई माओवादीका दुई पक्षले एक एक जनालाई बोकेर हिडेपछी माओवादी र गठबन्धनमा अन्यौलता छाएको थियो ।

पार्टीले आधिकारिकताको बिषयमा कुनै पनि निर्णय गर्न नसक्दा दुबै जना उम्मेदवार चुनावी अभियानमा होमिएका छन् भने माओवादी दुई गुटमा प्रष्ट बाडिन पुगेको छ ।

यता पछिल्लो समय गठबन्धनको चुनावी अभियान र घरदैलोमा समेत सुनार सहभागी हुनु र आइपी खरेलको पनि चुनावी अभियानमा उत्तिकै सक्रियता रहेकोले चुनावी हिसाबकिताबमा अन्यौलता देखिने प्रष्ट छ ।

माओवादी भित्रको यस्तो किचलोले नेकपा एमालेका उम्मेदवार रत्न खत्रीलाई फाइदा पुग्ने आकलन गरिएको छ ।

उता नेकपा माओवादी केन्द्रका स्थानीय नेता तथा खजुरा तथा बैजनाथ गाउँ कमिटिका नेताहरुका अनुसार भने दल बहादुर सुनारले चुनाव जित्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया