सामाजिक संजालको प्रचारमा बाँकेमा को अगाडी ?

रामु ओली : मंसिर ४ को मिति नजिकिदै गर्दै बाँकेमा पार्टी तथा स्वतन्त्र उम्मेदवारको चुनावी अभियान चरममा पुगेको छ ।

घरदैलोमा पुगेर मतदाता भेट्दै, फकाउदै गरेका उम्मेदवारले सडकमा र्‍याली र नाचगान समेत गरिसकेका छन् । उपद्रो गरेर शक्ति प्रदर्शनको काम आजका मितिसम्म बाँकेमा सुरु नभए पनि मतदाता लोभ्याउन कुनै कसर बाकी भने राखेका छैनन् ।

टेलिभिजन र सामाजिक संजालको माध्यमबाट उम्मेदवारलाई प्रश्न सोध्ने र उम्मेदवारको योजना सुन्ने काम पनि बाँकेमा लगभग सकिसकेको छ ।

यस्तोमा समग्र बाँकेको ३ प्रतिनिधि सभा सदस्य र ६ वटा प्रदेश सभा सदस्यको लागी राजनैतिक दल र स्वतन्त्र उम्मेदवार र उनका समर्थकले भने सामाजिक संजाल मार्फत व्यापक प्रचारप्रसार गरिरहेका छन् ।

चुनावी दिनगन्ती सुरु भए देखी अन्तिम नसकिदासम्म म्यासेजमै सहि त्यस्ता कार्य हुन्छन् भन्ने पछिल्ला उदाहरण हेर्न सकिन्छ ।

सामाजिक संजालमा अहिलेको पुस्ता खिर्लिप्पै रहनु र मतदाताको घरमा भन्दा बढी मतदाता सामाजिक संजालमा भेटिने हुँदा पनि सामाजिक संजालमा गरिने प्रचारले आजको दिनमा अर्थ राख्ने हुँदा समाजिक संजालमा प्रचारप्रसार गर्न उम्मेदवार लालायित छन् ।

यस्तोमा बाँकेको समग्र निर्वाचन क्षेत्रमा सामाजिक संजालको प्रचारमा को बलियो बन्दै गएको छ वा कसले कसरी प्रचारप्रसार गर्दै आएको छ भन्ने कुराको हामी लगातार चर्चा गर्दै आएका छौँ ।

बाँकेका केही सानादलका उम्मेदवार र केही स्वतन्त्र उम्मेदवार बाहेकका सबै उम्मेदवारले धेरथोर मात्रामा डलर खर्च गरेर चुनावी प्रचारप्रसार फेसबुकमा गरेका छन् । त्यसमा कांग्रेस, एमाले, जसपा, राप्रपा, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत केही स्वतन्त्र उम्मेदवार पनि सामेल छन् ।

त्यसमा पनि जसपा, राप्रपा, एमाले र कांग्रेसको डलरमा गरिने खर्च अलि बढी रहेको बुझ्न सकिन्छ । (फेसबुकमा गरिने खर्च उसले गरेको पोष्ट, प्राप्त रिच वा इङेजमेन्टमा निर्भर गर्छ)

डलर खर्च गरेर गरिने चुनाव प्रचारप्रसार बाँकेमा जसपा क्षेत्र नम्बर दुइका उम्मेदवार अहमद इस्तियाक राई अगाडी रहेका छन् भने राप्रपाका धवल समशेर राणा पनि कम देखिदैन । त्यस्तै क्षेत्र नम्बर ३ का एमालेका उम्मेदवार किस्मत कुमार कक्षपति र कांग्रेसका उम्मेदवार किशोर सिंह राठोर पनि डलर खर्च गरेर गरिने प्रचारमा अगाडी मानिदै आएका छन् ।

डलर खर्च नगरी सामाजिक संजालमा गरिने वा भएको प्रचार अर्थपूर्ण रहन्छ । कारण सामाजिक संजालको आफ्नो वालमा कुनै पार्टीको उम्मेदवार वा उम्मेदवारको प्रचार मुलक सामाग्री शेयर गर्दा प्रष्ट रुपमा त्यो पार्टी वा उम्मेदवारको ट्याग लाग्ने हुँदा जो कसैले त्यसरी प्रचार सामाग्री शेयर गर्ने, लाइक कमेन्ट गर्ने वा आफ्नो उम्मेदवार राम्रो भनेर वादविवाद गर्ने (कमेन्ट गर्ने) संख्या निकै कम हुन्छ ।

यदि त्यसरी प्रचारमा सामेल ब्यक्ति पार्टी विशेष नेता कार्यकर्ता वा समर्थकको संख्या जनाउने हुँदा डलर खर्च नगरी भएको प्रचारले चुनावी नतिजामा ठुलै प्रभाव पार्न सक्छ भनेर भन्न सकिन्छ ।

यहि बिना पैसा खर्च गरिएको समाजिक संजालमा भएको प्रचार, टिकाटिप्पणी र आव्हानले नै आजको बाँकेको चुनावलाई प्रभाव पार्न सक्ने सामर्थ्य राख्छ ।

कुनै बेला पार्टी वा उम्मेदवारको र्‍यालीमा सहभागी संख्याले बलियो वा कमजोर आकलन गरिने प्रचलन अहिले सामाजिक संजालले लिएको छ । उक्त सामाजिक संजालमा देखिने ट्रेण्डले चुनावी हावा कता गैरहेको छ भनेर आकलन गर्न सकिने आधार तय गर्ने गर्छ । जसको लेखाजोखा र विश्लेषण अबको केही दिनको सामाजिक संजालको रिपोर्टको आधारमा निर्भर गर्ने जानकार बताउछन् ।

प्रतिक्रिया