‘वर्ल्ड लिङ्क फुटसल टुर्नामेन्ट प्रदेश ७’को उपाधी टिकापुरलाई

नेपालगन्ज : ‘वर्ल्ड लिङ्क फुट्सल टुर्नामेन्ट प्रदेश ७’को उपाधी टिकापुर शाखाले हात पार्न सफल भएको छ। शनिबार नेपालगन्जको होप फुट्सल ग्राउण्डमा सम्पन्न टुर्नामेन्टमा फाइनल टिम धनगढीलाई ४-१ गोल अन्तरले हराउँदै टिकापुर शाखा विजयी भएको हो।

वर्ल लिङ्क प्रदेश ७ को आयोजनामा सम्पन्न टुर्नामेन्टमा प्रदेश ७ भित्रका शाखाबाट १६ टिमले सहभागी जनाएका थिए। सहभागी १६ टिम मध्ये सेमिफाइनलमा ४ टिम पुग्न सफल भएका थिए।

सहभागी मध्यबाट धनगढी टिम र टिकापुर टिम १६ टिमबाट क्वालिफायर भएर फाइनलमा पुगेका थिए। अन्तिममा कैलाली र धनगढी टिमबीच कडा प्रतिस्पर्धा भएको थियो।

फाइनल खेलमा फर्स्ट हाफको ७ औं मिनेटमा कैलाली टिमका खेम कार्कीले पहिलो गोल गरेका थिए। त्यस्तै,पहिलो हाफको ८ औं मिनेटमा कैलाली टिमकै निर्मल भण्डारीले धनगढी विरुद्ध दोस्रो गोल गर्दै गोलको अग्रता लिए।

त्यसो त, पहिलो हाफको १० औं मिनेटमा कैलाली टिमका खेम कार्कीले थप गोल गर्न सफल भएका थिए। फर्स्ट हाफमा खेमले ३ गोल गरि ह्याट्रीक गर्न सफल भएको वर्ल्ड लिङ्क नेपालगन्ज शाखाका मानव संसाधन प्रमुख प्रभात रन्जन कर्णले जानकारी दिए।

पहिलो हाफमा धनगढी टिमले भने कुनै गोल गर्न सकेको थिएन। यता टिकापुर टिमका रमेश बटालाले दोस्रो हाफको १२ औं मिनेटमा थप १ गोल गरि टिकापुर टिमको गोल संख्या ४ पुर्‍याए।

धनगढी टिमका पदम रोकायले भने दोस्रो हाफको १८ औं मिनेटमा १ गोल कैलाली विरुद्ध फर्काउन सफल भएका थिए।

त्यस्तै, शनिबार नै महिला टिमको पनि खेल भएको थियो। महिला टिमको प्रतिस्पर्धामा भने नेपालगन्ज शाखाले दाङ शाखालाई पेनाल्टीमा २-० गोलले पराजित गरेको थियो।

शनिबार सम्पन्न उक्त फुटसल टुर्नामेन्टको रेफ्रीमा अमर घले रहेका थिए। वर्ल्ड लिङ्कमा आवद्ध कर्मचारीहरुलाई कामसँगै खेलकुदमा समेत सक्रिय गराउने उद्देश्यले फुटसल टुर्नामेन्टको आयोजना गरिएको क्षेत्रीय मानव संसाधन प्रदेश ७ का प्रमुख आशिष कुमार पाण्डेले बताए।

पाण्डेका अनुसार प्रदेश ७ मा विजेता भएको टिमलाई काठमाडौंमा हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराइने छ। काठमाडौंमा हुने प्रतियोगितामा ७ वटै प्रदेशबाट प्रतिनिधित्व गर्दै १/१ टिम सहभागी हुनेछन् ।

प्रतिक्रिया