
नेपालगन्ज : शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको नेपालगन्जको सनविम माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ।
हरेक वर्षझै यस् वर्षपनि विद्यालयले शनिबार ‘विज्ञान, शिल्प तथा कला प्रदर्शनी’को नाम दिएर शैक्षिक सामाग्री प्रदर्शन कार्यक्रमको आयोजना गरेको हो।

विद्यार्थीहरुले कार्यक्रममा आफुले बनाएका २ सय बढी विभिन्न किसिमका शैक्षिक तथा बैज्ञानिक प्रविधिको हुबहु दृश्य प्रदर्शन गरेका थिए। सो प्रदर्शनीलाई ३ सय भन्दा बढि अभिभावक तथा नेपालगन्जबासीले अवलोकन समेत गरेका थिए।

सनविमका अध्यक्ष चेत प्रसाद चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको समाजसेवी तथा अभिभावक चित्र बहादुर डाँगी र निर्वतमान अध्यक्ष गिरिराज पौडेलद्वारा उद्घाटन गरिएको थियो।
विद्यार्थीहरुद्वारा प्रदर्शन गरिएका शैक्षिक सामाग्रीका केही तस्वीरहरु यस्ता छन् :-
