नेपालगंज : बाँकेको डुडुवा गाउँपालिकामा बालसंरक्षण तथा मनोसामाजिक परामर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
विपद्को बेलामा जोखिममा परेका बालबालिकाहरुको संरक्षण तथा मनोसामाजिक सेवा प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण गरिएको हो ।
अभिमुखिकरणमा मनोविमर्शकर्ता संगिता थापा र भागिराम थारुले मनोविमर्शसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बाढी र डुवानको विपदबाट मनोसामाजिक समस्यामा परेका विद्यार्थी, अभिभावकहरु तथा अन्य परिवारलाई परामर्श दिई समस्याको समाधान गर्ने उद्देश्य रहेको मनोसामाजिकविमर्स कार्यकर्ता अल्का मिश्रले बताउनुभयो ।
कार्यक्रम डुडुवा गाउँपालिकाको वडा नम्बर १, २ र ५ मा उक्त अभिमुखिकरण गरिएको हो । सिदार्थ सामुदायिक विकास केन्द्र कपिलवस्तुको आयोजनामा तथा युनिसेफको सहयोगमा गरिएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, प्रहरी, विद्यार्थी, युवा, महिला, शिक्षक लगायतको सहभागिता रहेको थियो ।









