चलचित्र ‘महापुरुष’ ५१ औं दिनमा, बागेश्वरी क्यूएफएक्समा केक काटियो

नेपालगन्ज : गत कार्तिक ११ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘महापुरुष’ हिजो शुक्रबारबाट आठौं सातामा प्रवेश गरेको छ। चलचित्रले आज शनिबारसम्म आइपुग्दा नेपाल लगायत विदेशमा समेत ५१ औं दिन सफलताका साथ पूरा गरेको छ।

सोहि आवसरमा नेपालगञ्जस्थित बागेश्वरी क्यू एफएक्स सिनेमाजमा चलचित्र प्रदर्शनको ५१ औं दिनको अवसरमा केक काटेर प्रदर्शनको ५१ औं दिन मनाइएको छ ।

चलचित्र पत्रकार संघ बाँकेको आयोजनामा चलचित्रको ५१ औ दिन पुगेको अवसरमा सेलिब्रेशन मनाइएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल र बागेश्वरी क्यूएफएक्सका प्रबन्धक संजिव शाक्ले संयुक्त रुपमा उत्सवको केक काट्नुभएको थियो ।

प्रदर्शनको पहिलो साता भन्दा दोस्रो सातादेखि दर्शकको अत्याधिक साथ पाउन सफल यस् चलचित्रले बक्स अफिसमा समेत राम्रो व्यापार गरेको छ।

छोराछोरीको खुशीको लागि आफ्नो खुशी एवम् रहर दबाएर राख्ने एक एकल पुरुषको कथामा आधारित यस् चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई हुन् भने सहायक निर्देशक शान्तिम कोइराला हुन् ।

षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । चलचित्रको पब्लिसिटी डिजाइनर तथा पोस्टर डिजाइनर रोयल भिमसेन हुन् ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया