डुडुवाको गाउँसभा सम्पन्न : ल्यायो ६४ करोडको बजेट

बाँके :सोमबार बाँकेको डुडुवा गाउँपालिकाको १२ औं गाउँसभाले आर्थिक वर्ष २०७९/८० को बजेट पास गरेको छ ।

यसअघि विभिन्न कारणले गाउँसभा बस्न नसकेको भन्दै डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त सभाबाट ६४ करोड ३१ लाख ९३ हजार रुपैयाँको बजेट विनियोजन गरेको बताए ।

सभामा बजेट पेस गर्दै चौधरीले आर्थिर्क वर्ष २०७९/८० का लागि आर्थिक विकासमा १ करोड ४० लाख, सामाजिक विकासमा ४ करोड ६४ लाख, वन वातावरण र विपत व्यवस्थापनमा ५२ लाख, संस्थागत विकास र सेवा प्रवाहमा १ करोड ८५ लाख, पूर्वाधार विकास वडातर्फ ३ करोड, पूर्वाधार विकास गाउँपालिकातफर्m १५ करोड ५६ लाख, चालू कार्यक्रम खर्च १५ करोड २५ लाख ४३ हजार र सशर्त अनुदानको कार्यत्रममा २५ करोड २० लाख ५० हजार प्रस्तावित बजेट रहेको बताए ।

प्रस्तावित बजेट तथा कार्यक्रमसहित शिक्षागत खर्चमा अध्यक्ष चौधरीले कृषि विकासमा ४० लाख, फशु विकास कार्यक्रममा १ करोड रहेको बताए । साथै सामाजिक विकासको शिक्षा, युवा तथा खेलकुदमा २ करोड ६० लाख, स्वास्थ्य तथा जनसंख्यामा २ करोड २० लाख, महिला, बालबालिका, ज्येष्ठ नागरिक कार्यत्रममा ८४ लाख रहेको उल्लेख गरे ।

त्यसैगरी वन वातावरण तथा विपत व्यवस्थापनको वन तथा वातावरणमा १० लाख र विपत व्यवस्थापनमा ३२ लाख रुपैयाँ विनियोजन प्रस्ताव रहेको चौधरीले उल्लेख गरे ।

त्यस्तै संस्थागत विकास तथा सेवा प्रवाहमा १ करोड २५ लाख, पंजीकरणमा र सूचना प्रविधिमा ३०–३० लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । डुडुवाले पालिकामा रहेको ६ वटा वडाका लागि समान ४०–४० लाख रुपैयाँ बजेट विनियोजन गरेको चौधरीले बताए ।

प्रतिक्रिया