सार्वजनिक वित्त व्यवस्थापनमा नागरिकको सहभागिता बढाउन अन्तरक्रिया

नेपालगन्ज : सार्वजनिक वित्त ब्यवस्थापनमा नागरिक सहभागीता सम्बन्धी संचारकर्मीहरुको लागी अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा शुक्रबार सम्पन्न भएको छ ।

देश संघीयतामा गई सकेको ५ वर्ष पूरा भई सकेको अवस्थामा पनि स्थानीय सरकारले निर्माण गर्ने बजेट विनियोजक र सो बजेट कार्यान्वयनको पाटोमा स्थानीय नागरिकको सहभागिता भने अझै न्यून देखिन्छ ।

सार्वजनिक वित्त ब्यवस्थापनमा नागरिक सहभागीताको महत्त्वलाई नै जोड दिदै मित्र समाजले सो सम्बन्धी अभिमुखिकरण कार्यक्रम नेपालगन्जमा आयोजना गरेको हो ।

सार्वजनिक वित्त व्यवस्थापनको अर्थ सरकारले सर्वसाधारणका लागि खर्च गर्ने बजेट भन्ने बुभिन्छ । तर यस विषयमा मित्र समाज भने पालिकाले निर्माण गर्ने बजेट तथा सोको कार्यान्वयन पक्षमा स्थानीय तथा सरोकारवाला नागरिकको सहभागिता एवम् पहुँचा कम देखिएको र कतै देखिँदै नदेखिने गरेको बताउँछ ।

पालिकाको बजेट निर्माण प्रक्रिया र त्यसका सेवाग्राही स्थानीय नै स्वयम बजेट निर्माण प्रक्रिया नसमेटिनु र सोको बारेमा अनभिज्ञ भएको पाईएको मित्र समाजका टिम लिडर विनयदिल लामाले कार्यक्रममा बताउनुभयो ।

मित्र समाजले देशभरका ५ वटा पालिकामा सार्वजनिक वित्त व्यवस्थापनमा नागरिकको सहभागिता अभियान संचालन गरिरहेको छ ।

समाजका टिम लिडर विनयदिल लामाका अनुसार नेपालगन्ज उप–महानगरपालिका, ललितपुर महानागरपालिका, जनकपुर उप–महानगरपालिका, वीरेन्द्रनगर नगरपालिका र धनगढी उप–महानगरपालिका रहेका छन् ।

हाल समाजले नेपालगन्ज उप–महानगरपालिकाको वडा नम्बर २, ६, ८, ९, ११, १४, १५, १६, २०, २१ र २२ गरी ११ वटा वडामा सो कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

‘यसमा धेरै जनसंख्या र कम जनसंख्या एवम् नागरिकको कम तथा धेरै सहभागिताका हिसाबले नेपालगन्जका ११ वडा छनौट गरेको हौं,’ टिम लिडर लामाले बताए ।

समाजले यस विषयलाई लिएर शुक्रबार नेपालगन्जमा पत्रकारहरुसँग पनि अन्तरक्रिया एवम् छलफल गरेको छ । लामाका अनुसार सार्वजनिक वित्त व्यवस्थापनमा संचारकर्मीको पनि भूमिका महत्पूर्ण हुने भएकाले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रिया