खजुरा गाउँपालिका खेलकुद विकास समितिको सदस्य सचिवमा बिष्ट

नेपालगंज : खजुरा गाउँपालिका खेलकुद विकास समितिको सदस्य सचिवमा छबिलाल बिष्ट नियुक्त भएका छन ।

खजुरा गाउँ पालिका प्रमुख अध्यक्ष रहने गरि खजुराको खेलकुदको बिकास र ब्यवस्थापनको लागी अधिकार सम्पन्न खेलकुद बिकास समितिको गठन गरिएको हो ।

समितिको अध्यक्षमा पालिका प्रमुख डम्बर बहादुर बिक (तुफान), सदस्य सचिवमा छबिलाल बिष्ट र सदस्यहरुमा लाल बहादुर मल्ल, केश माया श्रीस, बिकास काउचा मगर, सिमन गुरुङ, चन्द्र बहादुर राना, साकिर खा, गुलाम खा, मुजमिल खा, जनार्दन खत्री र सलिल खड्का मनोनित भएको नवनियुक्त सदस्य सचिव बिष्टले जानकारी दिएका छन् ।

पाँच अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी र आयोजनाको बिषयमा राखिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक तुफानले खजुरा गाउँपालिको समग्र खेलकुदको बिकास, समन्वय र खेलकुद प्रतियोगिता आयोजनाको लागी अधिकार सम्पन्न खेलकुद बिका समिति गठन गरिएको र समितीले नै आगामी बर्ष देखी अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने बताएका छन् ।

खजुरा गाउँपालिकाले गठन गरेको खेलकुद बिकास समितिको कार्यालय खजुरा दुई स्थित भलिबल स्टेडियममा राखिने र आगामी बर्ष देखी सोही स्टेडियममा समितिले नै प्रतियोगिता संचालन गर्ने बताएका थिए ।

प्रतिक्रिया