नेपालगन्ज :

थारुहट-थारुवान राष्ट्रिय मोर्चाले आज र भोलि अर्थात फागुन २० र २१ गते देशब्यापी थरुहटले गरेको बन्दको पहिलो दिन नेपालगन्जमा सामान्य प्रभाव परेको छ ।
विद्यालय तथा केही ठुला सवारीसाधन नचले पनि नेपालगन्जमा रिक्सा , अटोरिक्सा , तिनपाङग्रे रिक्सा तथा प्राइभेट गाडिहरु बिहानै देखि चलेका छन् भने बजारमा पनि सर्वसाधारणको बाक्लो भिड रहेको छ ।
त्यस्तै कोहलपुर तथा खजुरामा पनि बन्दको सामान्य प्रभाव मात्र परेको छ ।
मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम हड्तालको घोषणा गरेको थियो । उक्त दिन कलकारखाना, उद्योगधन्दा, ब्यापार ब्यवसाय, शिक्षण संस्था लगाय सवारी तथा ढुवानीका सबै यातायात ठप्प बनाउँने मोर्चाले घोषणा गरेको थियो











