नेपालगन्ज :

धनगढी बोराटाडिका केही युवकहरुले नेपाली कार तयार गरेका । उक्त कार नेपालगन्जमा मंगलबार देखि सुरुभएको क्यान इन्फोटेकमा प्रदर्शनको लागि राखिएको छन् ।
पाँच बर्ष अगाडी नै निर्माण गरेको नेपाली कार पुरानो होन्डा बाइकको इन्जिनबाट निर्माण गरेको नेपाली युवा इन्जिनियरहरुले बताएका छन् ।
धनगढी बोराटाडिका तनवे चौधरी र उनको समुहले निर्माण गरेको नेपाली कार निर्माण समुहमा अनिल पाण्डे ,दिपेन्द्र जोशी र दिपक बिष्ट रहेका छन् ।
उनिहरुको करिब १५-१६ दिनको मेहनतमा तयार बनेको नेपाली कार चौधरी र उनको समुहले हरेक शनिबार फुर्सदको समयमा सो कार निर्माण गरेको बताएका छन् ।
एक लाख पचास हजार रुपैयाँ लगात रहेको सो कार उनिहरुले आफ्नै लगानीमा तयार गरेको बताएका छन् । पेट्रोलबाट चल्ने सो कारले एक लिटर पेट्रोल बाट २० देखि २५ किलोमीटर यात्रा गर्ने दिपेन्द्र जोशिले बताए ।
धनगढी देखि बर्दिया राष्ट्रिय निकुञ्ज सम्मको १५० किलोमीटर यात्रा तय गरिसकेको अनुभव रहेको कार निर्माण टोलिको ब्यवसायिकिकरणको लागि पहिलो फेजको काम भैरहेको बताउछन् रोबोटिक एसोसिएसन अफ नेपाल फारवेस्टका अध्यक्ष दिपक बिष्ट ।
रोबोटिक एसोसिएसन अफ नेपाल फारवेस्ट र कार निर्माण समुहले अब भने विद्युतिय कार निर्माणको योजना र त्यसको लागि कार्य गर्दै गरेको बताउछन् अध्यक्ष बिष्ट ।











