खजुरा मुसवेटवा बाबाको मजारमा लाग्ने मेलाको तयारी तिव्र


खजुरा : वसन्त पञ्चमी अर्थात सरस्वती पुजाको दिन मुसबेटवा बाबाको मजारमा हरेक वर्ष लाग्ने मेलाको तयारी तिव्र पारिएको छ ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ४ स्थित रहेको हिन्दु धर्म मान्ने र इस्लाम धर्म मान्ने दुवैले हरेमा वर्ष उक्त बाबाको मजारमा च्यादर ओढाएर मानिने मेलाको शुभारम्भ गरिने गर्दछ ।

परम्पराग्त रुपमा वर्षौ देखि लाग्दै आएको मेलालाई थप व्यवस्थित गर्न स्थानिय युवाहरुलाई जिम्मेवारी दिइएको छ । मेला खजुरा गाउँपालिका वडा नम्बर ४ को आयोजना तथा स्थानिय न्यु डाफे स्पोर्टस क्लव खजुराको व्यवस्थापनामा संचालन हुने वडाध्यक्ष टेक बहादुर रोकाक्षेत्रीले जनाए ।

३ दिन सम्म सचालन हुने मेलामा आउने भक्तजनको उचित व्यवस्थापनमा मेला व्यवस्थापन टिम खटिने न्यु डाफे स्पोर्टस क्लवका सचिव यमनाथ दाहालले जानकारी दिए । मेला लाग्ने स्थानमा सबै स्टलहरुलाई व्यवस्थापन गर्न, शुरक्षा व्यवस्था मिलाउन सचिवालय पनि स्थापना गरिएको सचिव दाहालले जनाए ।

१२ गते विहिबार देखि १४ गते शनिबार सम्म मेला संचालन हुने आयोजकले जनाएको छ । मेला हेर्न कुनै शुल्क टिकट आवश्यक नहुने मेला व्यवस्थापन समितिका सदस्य नारायण खनालले जानकारी दिए । मेलामा ५० हजार बढिले अवलोकन गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया