नेपाल घरेलु तथा साना उद्योग वचत सहकारीको अध्यक्षमा कृष्णा कुमारी पाठक

नेपालगन्ज : नेपाल घरेलु तथा साना उद्योग वचत सहकारी संस्था लिमिटेड नेपालगन्जको चुनावी सभाले नयाँ कार्यसमिति चयन गरेको छ।

जिल्ला वचत संघका अध्यक्ष प्रकाश ज्ञवालीको प्रमुख आतिथ्यता एवम् पदम अर्यालको अध्यक्षतामा शनिबार सम्पन्न चुनावी सभाले नयाँ कार्यसमिति समेत चयन गरेको हो।

चुनावी सभाबाट कृष्णा कुमारी पाठक अध्यक्षमा चयन हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा गणेश प्रसाद पाठक, सचिवमा विकाश कोइराला, कोषाध्यक्षमा लालबहादुर शाह चयन हुनुभएको छ।

सदस्यहरुमा भने प्रेम प्रकाश उपाध्याय, शान्ति गौतम र नन्दकुमार वर्मा रहनुभएको छ। साथै, अधिवेशनबाट लेखा सुपरिवेक्षण समिति पनि चयन गरिएको छ।

लेखा सुपरिवेक्षण समिति अन्तर्गत भिमप्रसाद बराल संयोजक, टंकनाथ पौडेल र तारादेवी धामी सदस्यमा रहनुभएको छ।

प्रतिक्रिया