
जनार्दन खत्री : जानकी गाउँपालिकामा सञ्चालित १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पाँचौ पालिका स्तरीय अध्यक्ष कपको उपाधि ब्राईट स्टार ईंगलिस मिडियम स्कुलले हात पारेको छ ।
उपाधिसँगै उक्त बिद्यालयले शिल्ड, प्रमाणपत्र, ट्रफी सहित २५ हजार प्राप्त गर्यो।जानकी गाउँपालिकास्थित मानपुरमा सञ्चालित उक्त प्रतियोगिता शनिबार एक औपचारिक कार्यक्रमका बीच समापन भएको हो ।

यसैगरी प्रतियोगितामा मावितर्फ पनि ब्राईट स्टार ईंगलिस मिडियम स्कुल पहिलो भएको छ । यस्तै शिवपुरी मावि दोस्रो र बाल विकास ईगंलिस मिडियम स्कुल तेस्रो भएको छ ।
यस्तै निमावि तर्फ जानकी मावि पहिलो, नेपाल राष्ट्रिय आधारभुत बिद्यालय गुरुवा गाउँ दोस्रो र शिवपुरी माध्यामिक बिद्यालय तेस्रो स्थानमा आएको गाउँपालिका शिक्षा शाखाका प्राविधिक सहायक झुमीकुमारी ओलीले जानकारी दिईन् । पहिलो, दोस्रो र तेस्रो हुनेले प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गरेका छन् ।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, जिल्ला समन्वय समिति बाँकेका सदस्य जिुल्फेकार सिद्धिकी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।