
अशोक थापा मगर ,नेपालगन्ज : मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद कर्मचारी संघको नयाँ कार्यसमितीको अध्यक्षमा भुपेन्द्र पुन मगर पुनः निर्वाचित भएका छन ।
राष्ट्रिय खेलकुद परिषद मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद कर्मचारी संघको नेपालगन्जमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा भुपेन्द्र पुन मगर पुनः निर्वाचित भएका हुन् ।

नव निर्वाचित पुन मगरले सन्तोष कुमार श्रेष्ठभन्दा ६ मत बढी ल्याएर दोस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
त्यस्तै संघको अधिवेशनबाट उपाध्यक्षमा मान बहादुर चौधरी, सचिवमा मान बहादुर लामिछाने मगर, कोषाध्यक्षमा जग बहादुर नेपाली र सदस्यमा सुरेश बहादुर बम , भिम बहादुर थापा र मोहन बहादुर पाण्डे निर्विरोध निर्वाचित भएका थिए ।
राष्ट्रिय खेलकुद परिषद मध्यपश्चिमान्चल क्षेत्रीय खेलकुद कर्मचारी संघमा लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य विभिन्न जिल्ला तथा क्षेत्रिय कर्मचारी आवद्ध रहेका छन् ।
संघले मध्यमपश्चिमाञ्चल क्षेत्रिय कर्मचारी संघको निर्वाचन सफलतापूर्वक सम्पन्न गराइदिनु भएकोमा निर्वाचन अधिकृत अधिवक्ता विक्रम भण्डारी , मध्यपश्चिम खेलकुद नेपालगन्जका प्रमुख महेश चन्दलाई विशेष धन्यवाद दिएका छन् ।
