मानव धर्म सेवा समितिद्वारा शैक्षिक सामाग्री वितरण

नेपालगन्ज : नेपाल मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्जले शिक्षा अभियानअन्तर्गत श्री जन कल्याण प्राथमिक बिद्यालय बाँसगढी नगरपालिका वडा न.४ मगरपुर बर्दियामामा रहेका ८५ विद्यार्थीहरुलाई स्टेशनरी सामान कपि कलम वितरण गरेको हो ।

कार्यक्रमको सभापति नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती नेपालगन्जको म. चादना बाइजी, म. चन्द्रकला बाइजी , देवी बाइजी र नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती बाँकेकि अध्यक्ष भावना शाह, श्री जन कल्याण प्राथमिक बिद्यालयका शिक्षक शिक्षिका , व्यवस्थापन समिति लगायत नेपाल मानव धर्म सेवा समिति भेरी राप्ती बाँके नेपालगन्ज र बर्दियाका शुभचिन्तकहरुको उपस्थिति रहेको थियोे ।

कार्यक्रमको मन्तव्यमा मानव धर्म भेरी अञ्चलको संक्षिप्त परिचय, मानव धर्मको शिक्षा अभियानको परिचय लगायतको बिसयमा बताइएको थियोे । उता विद्यालय समितिले पनि बाँकेमा थुप्रै विद्यालय हुदाहुदै पनि बर्दिया आएर यस विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरेका थिए ।

उक्त शिक्षा अभियानअन्तर्गत श्री जन कल्याण प्राथमिक बिद्यालय बाँसगढी नगरपालिका वडा न.४ मगरपुर बर्दियामा भएको कार्यक्रमको संचालन भने नेपाल मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्ज मानव धर्म सेवा समिति भेरी-राप्ती क्षेत्र नेपालगन्ज बाँकेका कोषाध्यक्ष सुरज राईले गरेका थिए ।

प्रतिक्रिया