बाँकेमा फागुन ११ देखी हात्तीपाईले रोगबिरुद्धको औषधी खुवाईने

नेपालगन्ज : बाँकेमा यो पटक फागुन ११ गते देखी ६ लाख बढीलाई हात्तीपाईले रोगबिरुद्धको औषधी खुवाईने भएको छ ।

बुधबार स्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा पत्रकारहरूसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै जिल्लामा यो पटक ६ लाख १६ हजार ६९५ जनालाई औषधी खुवाउने लक्ष्य रहेको जनाएको हो ।

नेपालगन्जमा मात्रै १ लाख ७० हजार ५९८ जना, कोहलपुरमा १ लाख २ हजार ९०४ जना, खजुरा गाउँपालिकामा ६५ हजार ३०७ जना, जानकी गाउँपालिकामा ४७ हजार ७३३, डुडुवा गाउँपालिकामा ४४ हजार १४४, नरैनापुर गाउँपालिकामा ४४ हजार ८०७, बैजनाथ गाउँपालिकामा ७१ हजार ८६१ र राप्तीसोनारी गाउँपालिकामा ६९ हजार ३४१ जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोग फोकलपर्सन दुर्गा गौतमले पत्रकार सम्मेलनको क्रममा जानकारी दिनुभएको थियो ।

बाँकेमा आर्थिक वर्ष २०६७/०६८ देखि हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरिएको हो भने यो वर्ष यही फागुन ११ गतेदेखि १३ औं पटकको सुरु हुने भएको हो । गतवर्ष बाँकेमा ६८ प्रतिशतले मात्रै औषधी सेवन गरेका थिए ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले अभियानलाई मिडियाकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा प्रभावकारी बुद्धिजीवि सबै वर्गले सफल बनाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया