बाँकेका खानले खेल्दै छन् इरानमा हुने बिश्वकप कबड्डी

नेपालगन्ज : बाँकेको कबड्डी इतिहासमा पहिलो पटक बिश्वकपको मैदानमा खेलाडी पुग्न सफल भएका छन् ।

बाँके खजुरा गाउँपालिकाका इसरार खान इरानमा हुमे जुनियर बिश्वकप कबड्डी २०२३ सहभागी हुने भएका हुन।

आइतबारदेखी इरानमा हुने जुनियर विश्वकप कबड्डीमा बाँकेबाट पहिलो पटक राष्ट्रिय टिममा खान अटाउँदै विश्वकपमा भाग लिँदैछन् ।

कबड्डीका बाँके अध्यक्ष तथा स्वयंसेवक प्रशिक्षक जनक केसीले राष्ट्रिय टिममा आफ्नो खेलाडीले जबर्जस्त उपस्थिति जनाउँदै इरानमा हुने विश्वकपमा सहभागी हुन लागेको बताए ।

“दशमध्ये एकजना खेलाडी बाँकेबाट पर्नु सामान्य विषय होइन”, उनले भने, “खेलाडीको नियमित प्रशिक्षण, लगन र मेहनतले विश्वकपसम्म पुग्ने अवसर प्राप्त भयको हो।”

“जुनियर विश्वकपमा १८ मुलुक सहभागी हुनेछ”, केसिले भने, “विश्वकप जुनियरतर्फ पहिलोपटक सहभागी हाम्रो देशको प्रदर्शन राम्रो हुनेमा आशावादी छौँ ।”

त्यस्तै कबड्डी खेलाडी इसरार खानले विगतमा गरेको प्रशिक्षण र खेलेका प्रतियोगिताको अनुभवका आधारमा विश्वकपमा प्रदर्शन गर्ने बताए ।

“बन्द प्रशिक्षणमा पनि प्रशिक्षण राम्रो भएको छ”, उनले भने, “पहिलो सहभागिता भएकाले प्रदर्शनमा कमी हुन दिने छैन।”

कबड्डी संघ बाँकेका अध्यक्ष तथा प्रशिक्षक केसीका अनुसार सिनियरतर्फ बाँकेबाट विश्वकप कबड्डी कसैले नखेलेको तर अन्तर्राष्ट्रिय खेलेका लोक बहादुर शाह र महिला तर्फ शान्ती सिंह रहेको विगत छ ।

कबड्डी संघ बाँकेको प्रशिक्षण सञ्चालनमा आएयता जिल्लामा कबड्डी खेलप्रतिको आकर्षणसमेत बढेको बताउदै अध्यक्ष तथा प्रशिक्षक केसिले भने  “कबड्डीको विकासमा यहाँ सङ्घको पनि महत्वपूर्ण भूमिका छ ।’

प्रतिक्रिया