राप्तीसोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा देवकोटा

नेपालगन्ज : बाँकेको राप्ती सोनारी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा ओम प्रकाश देवकोटा आएका छन ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय काठमाडौंले राप्ती सोनारीको कार्यालय प्रमुखका रुपमा देवकोटालाई खटाएको हो ।

राप्ती सोनारी अघि देवकोटा सुर्खेतको सिम्ता गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका थिए । राप्ती सोनारीमा बुधबार गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष लगात कर्मचारीहरुले स्वागत गरेका थिए ।

राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाको कार्य सम्पादनमा प्रमुख प्रशासकिय अधिकृत देवकोटाले कुसल रुपमा निर्वाह गर्नुहुनेछ भन्दै शुभकामना दिए ।

कर्मचारी र जनप्रतिनिधि विचको सम्बन्ध पनि सुमधुर राख्ने गरि विकास निमार्णका कार्यमा सघाउन महत्वपुर्ण भुमिका निभाउन आग्रह गरे ।

स्वागत कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत देवकोटाले समग्र गाउँपालिकाको विकास र समृद्धिका लागी आफ्नो समय खर्चिने प्रतिवद्धता जनाए । निति नियममा रहेर कार्य सम्पादन गरिने हुदाँ यसमा सबैले सहयोग गर्न समेत आग्रह गरे । देवकोटा एक कुशल राष्ट्र सेवकका रुपमा चिनिन्छन ।

प्रतिक्रिया