
नेपालगन्ज : बाँके जिल्लामै उत्कृष्ट रहेको क्रियटिभ चिल्ड्रेन होमद्वारा भोलि फागुन २७ गते मन्टेश्वरी विधि प्रदर्शनी गर्न लागेको हो ।
सानासाना बालबालिकाहरुले बनाएका हस्तकला, चित्रकला लगायतका सामाग्री प्रदर्शनी गर्न लागिएको उक्त क्रियटिभ चिल्ड्रेन होमकि सञ्चालिका तथा प्रिन्सिपल खिमा थापाले बताउनुभयो ।

सानासाना बालबालिकाले देखाउने उक्त प्रदर्शनीको अवलोकन गरिदिनु हुनका लागि अभिभावक, स्थानीय, बुद्धिजीवी सबैलाई अनुरोध गरिएको छ ।
फागुन २७ गते दिउँसो १ बजेदेखि ३ बजे विद्यालयमै उक्त विधि प्रदर्शनी देखाइने प्रिन्सिपल थापाले बताउनुभयो ।
