
नेपालगन्ज : नेपालगन्जमा सम्पन्न १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कोहलपुर नगरपालिले जित्न सफल भएको छ ।
आइतबार सम्पन्न प्रतियोगितामा कोहलपुरले २१ स्वर्ण पदक, २२ रजत र २९ कास्य पदक जित्दैं प्रतियोगीमा प्रथम स्थान हासिल गर्न सफल भएको हो ।

बाँके जिल्ला जिल्ला खेलकुद विकास समिति नेपालगन्जले आयोजना गरेको प्रतियोगितामा राप्तीसोनारी गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ । राप्तीसोनारीले १२ स्वर्ण, १२ रजत र ८ कास्य पदक जितेको थियो ।
त्यस्तै प्रतियोगिताको तेस्रो स्थान नेपालगन्ज उप-महानगरपालिकाले जितेको छ । नेपालगन्जले ६ स्वर्ण पदक, ९ रजत र ७ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

यसैगरी प्रतियोगितामा बैजनाथ गाउँपालिकाले ६ स्वर्ण, ३ रजत ८ कास्य पदक सहित चौथो, ४ स्वर्ण, २ रजत र ९ कास्य सहित खजुरा पाँचौं, १ स्वर्ण सहित नरैनापुर छेठ २३ कास्य पदक सहित जानकी गाउँपालिकाले सातौं स्थान हासिल गरेको छ । प्रतियोगिता फागुनको २६ देखि नेपालगन्जमा सुरु भएको थियो।
आइतबार एक समारोहका बिच आयोजक बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दिप जंग शाहको अध्यक्षतामा भएको कार्यक्रममा विजयी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो ।
समापन समारोहको प्रमुख अतिथिको रुपमा लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री कृष्णा केसी ‘नमुना’ लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् ओलम्पियन सुरेन्द्र हमाल, लुम्बिनी प्रदेश खेलकुद विकास परिषदका उपाध्यक्ष नरेन्द्र थापा, नेपालगन्ज उप-महानगरपालिका मेयर प्रशान्त विष्ट, कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आर्चाय, बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आर्चाय लगायतले विजेतालाई पुरस्कार बितरण गरेका थिए ।