
नेपालगन्ज : बाँकेको खजुरास्थित ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसको स्ववियू निर्वाचनाम एमाले निकट अनेरास्ववियूको पुरै प्यानल विजयी भएको छ ।
सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका बिनय यादव विजयी भएका छन् ।

दुई सय २९ जना मतदाता रहेको क्याम्पसमा २ सय २२ मत खसेको थियो । यादवले १ सय १ मत प्राप्त गरे । यसैगरि अनेरास्ववियु क्रान्तिकारीका सरिफ खाँले ६१ मत र नेविसंघका हिमाल पंगालीले ४८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरि सचिवमा अनेरास्ववियूका प्रेमप्रसाद पौडेल र कोषाध्यक्षमा विनिता पुनमगर विजयी भएका छन् । सदस्यमा पनि अनेरास्ववियूका सपना थापा क्षेत्री, मोहम्मद उसमान खान र निरुता थापा विजयी भएका छन् ।
समानुपातिक तर्फ अनेरास्ववियुले एक सय ७, नेविसंघले ५७ र अनेरास्ववियु क्रान्तिकारीले ५४ मत पाए ।
