खेलकूद क्षेत्रको विकास र विस्तारमा नरैनापुरले सहयोग गर्ने अध्यक्ष शाहको प्रतिबद्धता

नरैनापुर : बाँकेको कोहलपुर नगरपालिकामा रेसिङ्ग साहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रथम कोहलपुर गोल्ड कप खेलको दोस्रो दिन नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख अतिथियतामा सम्पन्न भएको छ ।

अध्यक्ष शाहले साहारा क्लब भारत र ब्वाइज यूनियन (काठमाण्डौं) का खेलाडीहरुलाई हात मिलाएर बधाई दिनुका साथै उहाँले खेलकूद क्षेत्रको विकास र विस्तारमा नरैनापुर गाँउपालिकाले सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।

कोहलपुरको १३ बिगाहामा आईतबार साहारा क्लब भारत र ब्वाइज यूनियन (काठमाण्डौ) बिच भएको खेल गोलरहित बराबरीमा सकिए पछि पानी परेकाले सोमबार बिहान पेनाल्टी खेल हुने आयोजकले जनाएको छ ।

रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, बिशेष अतिथि नरैनापुरका प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, नेपाली काग्रेस बाँके क्षेत्र नं. १ का सभापति पोषण केसी,नेपाल भारत मैत्री समाजका राष्ट्रिय उपाध्यक्ष सुष्मा शर्मा, खेलकुदका बाँके उपाध्यक्ष चेतकान्त भट्टराई, माओबादी नेतृ गिता शाही लगायतको सहभागिता रहेको थियो ।

गोल्डकपको प्रथम पुरस्कार राशी ७ लाख, दोस्रो पुरस्कार राशी ३ लाख पचास हजार रहेको छ आयोजकले जनाएको छ ।

प्रतिक्रिया