
नेपालगन्ज : बाँकेका युवा फुटबल दिपक राज सिंह ठकुरीको डेब्यु गेममा नेपाल विजयी भएको छ ।
बाँकेका युवा फुटबलर ठकुरी १० नम्बर जर्सी सहित राष्ट्रिय टिममा सहभागी भै आज मैदान प्रवेश पाएका थिए । फुटबलर ठकुरी बाँके खजुरा गाउँपालिका वडा नम्बर दुईका स्थायी बासिन्दा हुन् ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे प्रधानमन्त्री कप थ्री नेसन्स कपमा नेपालले लाओसलाई २–० गाेलले हराएकाे हाे ।
खेलकाे पहिलाे हाफमा १ गाेल गरेकाे नेपालले दाेस्राे हाफमा अर्काे गाेल थप्याे । नेपालका लागि अनन्त तामाङले खेलकाे ३० औँ र नवयुग श्रेष्ठले खेलकाे ५५ औँ मिनेटमा गाेल गरे ।
आजदेखि सुरु भएकाे प्रतियाेगितामा नेपालले अर्को खेल चैत १४ गते भुटानसँग खेल्नेछ । सिङ्गल राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् ।
विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् ।
