नेपालगन्जमा बन्नेभो सेन्थेटिक ट्रयाक, सदस्य सचीव घिसिङले गरे शिलान्यास

नेपालगञ्ज : नेपालगञ्ज रङ्गशालामा निर्माण गर्न लागिएको एथलेटिक्स सेन्थेटिक ट्रयाकको आईतबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आईतबार शिलान्यास गर्नुभएको छ ।

११ करोड ६४ लाख रुपियाँमा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ट्रयाक निर्माणको जिम्मेवारी प्रतिक्षा कन्स्ट्रक्सन प्रालिले पाएको सदस्य सचिव घिसिङले बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, दिपेन्द्र विष्ट, राष्ट्रिय खेलकुद परिषद अन्तर्गत मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया