खजुरामा कृषि उपजले मूल्य पाउला, के भन्छन् पालिका अध्यक्ष ?

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर २ का किसान लाल बहादुर खत्रीले तमाटरले मूल्य नपाएपछि मलखादमा फालेको टमाटरको तस्बिर सामाजिक संजालमा शेयर गरे संगै चर्चामा आएको छ ।

स्थानीय पत्रपत्रिका तथा अनलाइन न्युज पोर्टल देखी सामाजिक संजाल प्रयोगकर्तामा विभिन्न खाले टिकाटिप्पणी भएको छ ।

खजुरा गाउँपालिका वडा नम्बर २ का अगुवा किसान लाल बहादुर खत्रीले तमाटरले मूल्य नपाएपछि मलखादमा फालेका हुन् ।

उता खजुरा गाउँपालिकाका अध्यक्षले खजुरा गाउँपालिकामा उत्पादन भएका कृषि उपजलाई सहकारी मार्फत बिक्रिका लागि उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्न सहयोग गर्ने बताएका छन् ।

अध्यक्ष तुफानले किसानले उत्पादन गरेको टमाटरले बजार नपाएको भनी आइरहेको कुरामा पालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अध्यक्ष तुफानले टमाटर उत्पादक किसानहरुले आफ्नो उत्पादन बेच्नका लागि बागेश्वरी बहुउद्देश्यीय कृषि बजार सहकारी संस्था लि.हाटबजार खजुरा अध्यक्ष कमला न्यौपाने लाइ ९८४८०८००८५ मा सम्पर्क गर्नहुन अनुरोध गर्दै यहीँ सहकारी मार्फत कृषि उत्पादन बिक्रि लागी उत्पादनमा अनुदान र ढुवानी सहयोग गरि बजारीकरण गर्ने समेत बताएका छन् ।

सामाजिक संजालमा निकै नै चर्चा पाएको टमाटर फालिएको तस्वीर पछि गापा अध्यक्ष तुफानले संचारकर्मीहरु संग कुरा गर्दै खजुरा गापामा उत्पादित कृषि उपजलाई नस्ट गर्नु भन्दा यस्को बैकल्पिक प्रयोग जस्तै सस बनाउने, ड्राइ गरि प्याकेजिङ्ग गर्न,अचार उत्पादन आदि के गर्न सकिन्छ पालिका सहयोग गर्न तयार रहेको समेत बताएका थिए ।

उता खजुरा गाउँपालिकामा उत्पादित कृषि उपजले मूल्य नपाएको भन्दै टमाटर खेर गएको तस्वीरको वास्तविकता रहेको छ भने यता गाउँपालिकाले पनि कृषि उत्पादन बढाउन र बजारिकिकरण गर्न योजना सहित सहकारी नै तोक्दा समेत उत्पादित बस्तु खेर जानू भनेको उचुत समन्वयको अभाव रहेको देखिन्छ ।

प्रतिक्रिया