४२ जना जेष्ठ नागरिकको वडाद्वारा निशुल्क आँखा उपचार

नेपालगन्ज : खजुरा गाउँपालिका वडा नम्बर ४ ले अति बिपन्न तथा जेष्ठ नागरिकको लागी निशुल्क रुपमा आँखाको मोतिविन्दुको अप्रेसन गरेको छ ।

खजुरा वडा नम्बर ४ ले भिजन आँखा अस्पताल नेपालगन्ज संगको समन्वयमा ४२ जना अति बिपन्न तथा जेष्ठ नागरिकको आँखा सम्बन्धी उपचार गरेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज बहादुर रोकायका अनुसार शुक्रवार ५ जनाको मोतिविन्दुको सफल अप्रेस भएको र अन्य ३७ जनाको समेत निशुल्क आँखाको उपचार गरिएको बताएका छन् ।

वडाअध्यक्ष रोकायले खजुरा गाउँपालिका वडा नम्बर चारले वडाका अति बिपन्न तथा जेष्ठ नागरिकको उपचारमा वडा कार्यपालिका सधै नै संबेदनसिल रहेको जनाउदै वडाले वडाबासीको हितको लागि कार्य गर्ने जनाउदै आएका छन् ।

प्रतिक्रिया