खजुराको यी ६ स्थानमा लाग्नेछन् हाईमास्ट लाईट

नेपालगन्ज : खजुरा गाउँपालिकाले खजुरा गाउँपालिकाको विभिन्न ६ स्थानमा हाईमास्ट लाईट जडान गर्न लागेको छ ।

खजुराको वडा नम्बर २, ३, ४, ५, ६ र ८ नम्बर वडामा एकवटा हाईमास्ट लाईट जडान गर्न लागेको हो ।

खजुरा गाउँपालिका वडा नम्बर दुईको रिमझिम चोक, वडा नम्बर ३ को पृथ्वी चोक, वडा नम्बर ४ को प्रहरी बिट नजिक, वडा नम्बर ५ को भट्टी चोक, वडा नम्बर ६ को सिमलघारी चोक र वडा नम्बर ८ को रिहार चोकमा हाईमास्ट लाईटको कार्य अगाडी बढेको छ ।

हाईमास्ट लाईट निर्माणको लागी प्रारम्भिक कार्य सुरु भैसकेको छ भने स्थानीय स्तरमा हाईमस्ट लाईट लगाउने कामको मिश्रित प्रतिक्रिया आउने गरेको छ । केही स्थानियले अनावश्यक खर्च भन्दै बिरोध जनाएका छन् भने कहिले राम्रो कार्य भन्दै खुसी व्यक्त गरेका छन् ।

प्रतिक्रिया