
नेपालगन्ज : नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल खजुराले भ्रष्टाचार विरुद्धको अभियानमा एक्यवद्धता जनाउदै खबरदारी र्यालीको आयोजना गरेको छ ।
वाईसीएल खजुरा गाउँपालिका कमिटीको आयोजनामा भ्रष्टाचार विरुद्धको अभियानमा एक्यवद्धता जनाउदै खबरदारी र्यालीको आयोजना गरेको वाइसीएल खजुराका अध्यक्ष दिनेश बुढाले जानकारी दिएका छन् ।


नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगीमा ‘हाई प्रोफाइल’कै संलग्नता देखिएपछि वाइसीएल खजुराले भ्रष्टाचारविरोधी आन्दोलनमा आफ्नो एक्यवद्धता जनाउदै र्यालीको आयोजना गरेको हो ।
प्रहरी अनुसन्धानमा दबाब र प्रभाव हुन नदिन खबरदारीका लागि वाईसीएलले देखाएको तदारुकता सबै आम नागतिकले गर्नु पर्ने नेकपा माओवादी केन्द्रका पुर्व बाँके संयोजक तथा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक तुफानले र्याली पछिको सम्बोधनमा बताएका छन् ।
त्यस्तै सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र बाकेका संयोजक नरेन्द्र पाण्डेले प्रचण्ड सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियान नरोकिने र सोको लागी जनताको खबरदारी आवश्यक रहेको बताएका छन् ।
प्रहरी अनुसन्धान फितलो पार्ने कोसिस हुन नदिन पनि हामिले अभियानमा सहयोग र खबरदारी गर्नु आवश्यक छ, पाण्डेले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र खजुरा गापाका अध्यक्ष राज कुमार बिक, वाइसीएल जिल्ला सचिव नरेन्द्र ददेल लगायतको सहभागीता रहेको थियो ।
त्यस्तै आज नै बाँकेको नेपालगन्जमा स्वतन्त्र नागरिक समुहहरुले समेत एक कार्यक्रम गरेका थिए ।

