
नेपालगन्ज : राष्ट्रिय बाणिज्य बैंक बिपि चोक काउन्टरले सेवाग्राहीको सुबिधाको लागी भित्र-बाहिर सफा पिउने पानीको ब्यवस्थापन गर्ने भएको छ ।
त्यस्तै सामाजिक सुरक्षा भत्ता लिन आउने वृद्धबृद्दाको ठूलो भिडलाई ब्यवस्थापन र सहज पार्न वडा संगको समन्वयमा दुई सिफ्टमा टोकन मार्फत भिड ब्यवस्थापन गर्ने भएको छ ।

नेपालगन्जको चर्को गर्मीमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन लामो लाईन र भिडमा गर्मीको समयमा हुनसक्ने सम्भावित जोखिम र सहज सुबिधाको लागी वृद्ध भत्ता बुझ्ने सेवाग्राहीको लागी दुई सिफ्टमा टोकन प्रणाली लागु गर्ने भएको हो ।
कसरी उठ्यो कुरा ?
सामाजिक अभियन्ता तथा साइकलिस्ट तेज बिक्रम शाहले मंगलबार समाजिक संजाल फेसबुकमा एउटा फोटो शेयर गरेका थिए, जहाँ सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) बुझ्ने बृद्धहरुको ठूलो भिड चर्को घाममा बिपि चोक नजिकको सडकका छेउमा बसेर पालो कुर्दै गरेका थिए ।

नेपालगन्ज उपमहानगरपालिकाको सटरमा रहेको राष्ट्रिय बाणिज्य बैंकको अगाडी वृद्ध भत्ता बुझ्न घण्टौ आफ्नो पालो कुर्दै गरेका वृद्ध बृद्दाको लागी नेपालगन्जको चर्को घामले दुख दिएको छ । सोही कुरालाई शाहले उठान गरेका हुन् ।
पालो कुर्नको लागी बैंकमा अट्ने स्थान छैन । जसले गर्दा वृद्ध बृद्दा चर्को घाममा पनि पेटि र सडक किनारमै बस्न बाध्य छन् । जुन शाहले खिचेको फोटोमा देख्न सकिन्छ । शाहले सामाजिक संजाल संगै भोलिपल्ट अर्थात बुधबार राष्ट्रिय बाणिज्य बैंक नेपालगन्ज शाखा (धम्बोझी) मा पुगेर उचित ब्यवस्थापनको अनुरोध गरेका थिए ।
हामी समस्या समाधान गर्न तत्पर छौ – बिनोद पाण्डे, शाखा प्रबन्धक

राष्ट्रिय बाणिज्य बैंक धम्बोझी शाखाका शाखा प्रवन्ध बिनोद पाण्डेले शाहको अनुरोध र समस्या समाधानको लागी बैंक प्रतिबद्ध रहेको भन्दै स्वास्थ पिउने पानी र वडा संगको समन्वयमा दुई सिफ्टमा टोकन प्रणाली लागु गर्ने बताएका छन् ।
बाणिज्य बैंकले नेपालगन्ज उपमहानगरपालिकाको १० वटा वडाको सामाजिक सुरक्षा भत्ता बितरण गर्दै आएका छौं, दुई महिना त हामिले वडामै पुगेर वितरण गरेका थियौं । यो महिना भने हामिले उपमहानगरपालिकामा रहेको बैंकको काउन्टरबाट सेवा दिएका हौं।
र यो हामी तुरुन्तै वडा संग समन्वय गरेर वडाबाट नै दुई सिफ्टमा हुने गरि भिडलाई कम गर्न टोकन सिस्टम लागू गर्ने छौ । पाण्डेले बताए ।
