अनेरास्ववियू बाँकेकाे संयोजकमा बिश्वकर्मा

नेपालगन्ज : नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु बाँकेकाे संयोजकमा प्रकाश बिश्वकर्मा चयन भएका छन् ।

अनेरास्ववियु बाँकेकाे शनिबार सम्पन्न भेलाले प्रकाश बिश्वकर्मालाई संयाेजक चयन गरेकाे हो ।

भेलाले सह-संयाेजकमा अमृत खत्री, राेशन शाही ठकुरी, सचिवमा विकास बिक्रम केसी, सह-सचिवमा माधव खत्री,सफल बिष्ट,हस्त जिएम,सिर्जना मल्ल र काेषाध्यक्षमा जय राना चयन भएका छन् ।

अनेरास्ववियूका उपाध्यक्ष नारायण घर्तीको प्रमुख आतिथ्यतामा भएको भेलामा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, सचिवालय सदस्य किशोर थापा लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया