नेपालगन्ज : बाँके जिल्ला कबड्डी संघले स्वर्गीय डम्बर थापा स्मृति दिवसको अवसरमा दुई जना कबड्डी खेलाडीलाई सम्मान गरेको छ ।
बुधबार स्वर्गीय डम्बर थापाको दोस्रो स्मृति दिवसमा बाँके जिल्ला कबड्डी संघले डम्बर थापा सर्बोत्कृष्ट महिला र पुरुष खेलाडीमा क्रमश: इसरार खान र आँसु ओलीलाई नगद सहित सम्मान गरेको हो ।
त्यस्तै संघले आयोजना गरेको स्वर्गीय डम्बर थापाको दोस्रो स्मृति दिवस कार्यक्रममा प्रमुख अतिथि तथा अखिल नेपाल कबड्डि संघका अध्यक्ष तुल्सा थापाले बाँकेमा कबड्डी संघले गरेको कार्य प्रशंसनिय रहेको बताउनुभएको थियो ।
बाँके जिल्ला कबड्डी संघको अध्यक्ष जनार्दन खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेल, नेपालगन्ज वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाल, जिल्ला खेलकुद बिकास समिती अध्यक्ष सन्दिप जंग शाह, स्वर्गीय डम्बर थापाको परिवार लगायतको उपस्थिती रहेको थियो ।











