नेपालगन्ज : नेकपा एमाले निकट युवा तथा विद्यार्थी संगठनले बाँकेमा अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको र नागरिता विधेयक पारित गरिएको बिरोधमा प्रदर्शन गरेका छन् ।
भारतले अखण्ड भारतको नक्सा भारतीय संसदमा राखेको र लामो समय विवादमा रहेको नागरिता विधेयक पारित गरिएको प्रती दुई संगठनले नेपालगन्जमा र्याली सहित बिरोध प्रदर्शन गरेको हो ।

नेपालगन्ज सहित देशभर नै नेकपा एमाले निकट युवा तथा विद्यार्थी संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले बिरोध प्रदर्शन गरेको छ ।
बाकेको नेपालगन्जमा युवा तथा विद्यार्थी संगठनले प्लेकार्ड सहित बिरोध र्यालीको आयोजना गरेका थिए भने बिपि चोकमा बिरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो ।











