पुल ढलान हुँदा स्थानीयमा छायो खुशी

नेपालगन्ज : झण्डै २ वर्ष देखीदेखी निर्माणाधिन अवस्थामा रहेको परसपुर-गौघाट सडक खण्ड अन्तरगत ‘सिगाउँ’ स्थित किरण नाला पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

लुम्बिनी प्रदेश सरकारको बजेटबाट उक्त पुल निर्माणको काम सुरु गरिएको थियो ।

तत्कालिन समयमा पुल निर्माणका लागि कुल ५
करोड ८५ लाख ७२ हजार ५ सय ३३ रुपैयाँको लागतमा ठेक्का सम्झौता भएको थियो । २०७७ फागुन १९ गते ठेक्का सम्झौता भएपछि ठेकेदार कम्पनीले २०७९ असार २५ गतेभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो ।

ठेकेदार कम्पनी ‘गल्वा’सिद्धार्थ दर्शन जेभी’ ले तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न नसकेपछि पटक-पटक म्याद थपिएको थियो ।

खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बहादुर विककाे धेरै लामो संघर्ष र संवाद समन्वय मार्फत परसपुर गौघाट सडकको किरण नालाको शुक्रबार बाट पुलकाे ढलानकाे काम सुरु भएकाे छ।

अलपत्र अवस्थामा रहेको उक्त पुल निर्माण कार्य पुरा गराउने प्रतिवद्धता जनाएका अध्यक्ष विकले ठेकेदार कम्पनी, सम्बद्ध सरकारी निकाय लगायतलाई पटकपटक ताकेता गरेपछि अहिले पुल निर्माणको कामले सार्थकता पाउन लागेको हो ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त पुलको
शुक्रबार ढलान गरिदैछ । ठेकेदार कम्पनीका प्रतिनिधिले ढलानका लागि आवश्यक तयारी पुरा गरेको जनाएका छन् । निर्माणाधिन पुलको बिहीबार स्थलगत निरीक्षण गर्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले निर्माण कार्य अगाडी बढाउन ठेकेदार र सम्बन्धित सरकारी निकायलाई ताकेता गरेको स्मरण गरे ।

अहिले पुल निर्माणको काम अन्तिम चरणमा पुगेको देख्दा खुसी लागेको उनले बताए । ‘यसक्षेत्रका जनतालाई पुल नहुँदा निकै समस्या थियो, अब उहाँहरु बर्खायाम अगाडी नै यो पुलबाट आवत-जावत गर्न पाउनुहुन्छ ।’

पुल निर्माणसँगै परस्पुर-गौघाट सडक निर्माणको कामलाई पनि चाडै सम्पन्न गराउन गाउँपालिका लागि परेर सम्बन्धित निकायसँग संवाद गरिरहेकाे बताउनु भयाे।

प्रतिक्रिया