खजुरा :

बाँकेको खजुरा गाउँपालिका कृषि शाखाले पालिका भित्र रहेका किसानहरुका लागी बाली उपचार शिविर सन्चालन गरेको छ ।
खजुरा गाउँपालिकाको आयोजना तथा बालि संरक्षण प्रयोगशाला खजुरा, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुरा र कृषि ज्ञान केन्द्रको प्रावधिक सहयोगमा भएको बालि उपचार शिविरमा किसानलाई उचित परामर्श सगै समस्या आएका बालिको लागी उपचार सामाग्री वितरण गरिएको छ ।
शिविरमा किसानहरुले आँपमा फुल नलाग्ने, आँपको फुल कालो हुने, चना मुसुरो ओइलाउने, मकैमा किराले काट्ने, बोडिमा किराले जरा काट्ने र ओइलाउने, भिण्डीमा नउम्रने, च्याउमा भुसुनाको समस्या, गहुमा लाहि किराको समस्या साथै औइलाउने, काक्रोमा रातो खपटे किरा, सुलसुले किरा आदिले पार्ने असरका बारेमा किसानले समस्या ल्याएका कृषि शाखा प्रमुख पुनम पोखरेलले जानकारी दिनुभयो ।
शिविरको उद्घाटन गर्दे खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले कृषिलाई आधुनिककरण, व्यवसायिककरण गर्न शिविरले महत्वपुर्ण भुमिका खेल्ने भएको हुदाँ यसलाई पालिकाले महत्वपुर्ण उपलव्धीका रुपमा लिएको बताउनुभयो ।
शिविरमा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केसी, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र खजुराका प्रावधिक अधिकृत बशिष्ट आचार्य, बालि संरक्षण प्रयोगशाला खजुराका बालि संरक्षण अधिकृत कमल शाहि, कृषि ज्ञान केन्द्रका बालि संरक्षण अधिकृत सकिल अहमद लगाएतको उपस्थिती रहेको थियो ।










