केशवराज काफ्ले (वरिष्ठ कृषि विज्ञ सेवा निवृत्त)
नेपालगन्ज : हामीले राष्ट्रीय ओत प्रोतले नेपाली फलफूललाइ प्राथमिकता दिउ भनेर बजारमा परिपक्क नभइ बजारमा आउने गरेको स्याउ सुन्तला सस्तै पाइयो भनेर किन्यो खादा गाउँ घरमा फलेका लोकल फलफूल जत्तिको मिठो पनि नहुने हुन्छ ।
नेपाल वातवरणीय हिसावले संसारकै स्वर्ग हो, यहाँको भौगलिक वातावरण तराइ पहाड हीमाल मिलेर वनेको छ यी तिनै वातावरणको सदुपयोग गर्ने हो भने नेपालमा नहुने केही छैन । पुर्वको इलामको चिया, अलैची, सिन्धुलीको जुनार, स्याङ्जाको सुन्तला, काश्कीको जेठो वुढो धान, डोटी डडेलधुरको ओखर, जनकपुर र बाराको माछा, सप्तरी महोत्तरीको आँप, मुस्ताङ र जुम्लाको स्याउ, जुम्लाको सेतो सिमि, राज्मा, मार्सी चामल वाजुराको लोकल जैतुन, कर्णाली प्रदेशको जडीवुटी र यार्सा गुम्वा, तनहुको मास यी कती छन कती। यी सवै हामी नेपालीको गौरवका बाली हुन यसको उत्पादन र वितरण प्रणालीमा सरकारले एउटा कडा नियम वनाएर लागु गरेमा नेपाल कृषिमा आत्म निर्भर वन्न सक्छ । यसका साथै हरेक स्थानिय क्षेत्रमा लुकेर वसेका स्थानिय रैथाने बालीको संरक्षण र प्रवर्दन जरुरी छ ।
यस्तो नेपालको सवै ठाँउको एक न एक महत्व छ । गुणस्तर कायम राख्न नसक्दा नेपाली फलफूलले उपयूक्त बजार पाउन सकेको छैन । वाहिर देशवाट आएका स्याउको तुलनामा नेपाली स्याउको गुणस्तर किन कम भएको होला ? कृषि उत्पादनमा खास गरि तरकारी, फलफूल नासवान बाली हुन यीनीहरुको गुणस्तर वढाउनका लागी केही कुरा जरुरी छ ।
जस्तै :
१ विरुवाका लागी उपयुक्त खाद्य तत्वको व्यवस्थापन
२ फल टिप्नका लागी उपयुक्त समय र तरिका
३ ढुवानी साधन र तरिका
४ प्रशोधन ग्रेडीङ भण्डारण प्याकेजीङ तरिका
५ वितरण तथा वजारीकरण
स्याउ हुने दुर्गम हिमाली क्षेत्रका सवै स्याउ व्यवसायीहरुको बजार संग पहुच छैन र व्यवस्थीत समुह सहकारी पनि छैनन्। त्यसैले स्याउ सवै ठेकदारलाइ दिनु पर्दछ । स्याउ व्यापारीहरु स्याउ वोटमा भर्खर मात्र बतिला लागेको वेला बगैचानै ठेक्का हान्ने हुन्छन ।
१ मलखाद
जसरी मानिसका लागी दिनमा ४ पटक खाना खाजा खानु पर्दछ त्यसै गरि फलफूलका वोट विरुवालाइ पनि वर्षमा कम्तीमा २ पटक गोडमेल गरि मलखाद दिनु पर्दछ जस्तै वरुवामा पालुवा पलाउने वेला। यसले पाल र हागा संख्या वढाउन सहयोग पुग्दछ । विरुवा मा फल लाग्ने वेला, यस वेलाको मल ले फल वस्न र फलको साइज तथा गुणस्तर वढाउन सहयोग हुन्छ । फल फूललाइ हिउदमा पालुवा पलाउनु अगाडी मात्र मल हाल्छन जसले गर्दा फल लाग्ने वेला र फलमा रस पस्ने वेलामा केही महिना अगाडी हालेको मलको प्रभाव पानीले वगाएर घामले उडाएर वा विरुवाले लिएर सकिएको हुन्छ र फलको गुणस्तर कम हुन्छ । ठेकदारले वैगाचामा फलको वतिला लाग्ना साथ ठेक्का लिने भएकाले त्यस पछी व्यवसायीले वगैचाको कुनै हेरचाह गर्दैन । त्यसैले फलको गुणस्तर कम भएको हो।
२ फल टिपाइ
स्याउको वगैचा ठेकदारले जिम्मा लिए पछि वगैचाको सुरक्षा सम्वन्धी कुनै भूमीका नहुने र ठेकदारले पनि वगैचा पिच्छे चौकीदार राख्न पनि नसक्ने भएकाले ठेकदारले फल परिपक्क नभइकन साना ठुला सवै फल एकैपटक टिप्ने गर्दछन । यसले गर्दा फलको आकार सानो हुने भएकाले तौल कम हुने, परिपक्क नभएको फल टिप्दा फलको स्वादको गुणस्तर कम हुने, वोक्रा परिपक्क नभएकाले चाडो फल च्याउरी पर्ने वा ओइलाउने चाडो घाउचोट लाग्ने, चाडो कुहिने हुन्छ ।
यसको नियमनका लागी जुम्लाका सरोकारवाला ले आश्विनको १५ भन्दा पहिला स्याउ टिप्न नपाइने नियम वनाएको छ यस्तो नियम अरु जिल्लामा पनि वनाउन जरुरी छ ।
३ ढुवानी साधन र तरिका
फल टिपीसके पछि भण्डारण तथा प्रशोधन गर्ने ठाउँ सम्म फल लाइ सुरक्षीत हिसावले ढुवानी गर्नु पर्दछ । हिमाली क्षेत्रमा सुरक्षीत ढुवानी साधनको अभावमा ठुलो डोका वा बोरामा फललाइ खादेर ढुवानी गर्दा फल एक आपसमा ठोक्कीएर कुच्चीने, दागी हुने, फुट्ने हुन्छ जुन चाडैनै कुहिने विग्रीने हुन्छ । ढुवानी गर्दा साना साना क्रेटमा प्रत्येक फललाइ अलग अलग फोम जाली राखेर ढुवानी गर्दा यो समस्या कम हुन्छ । हाल केही पालीकाहरुले कृषि विभाग वाट स्थानिय तहमा दिइने ससर्त अनुदानमा ५० प्रतिशत अनुदानमा कृषि एम्वुलेन्स वितरण कार्यक्रम राखेकाले यसको केही हद सम्म भए पनि समाधान हुन सक्छ की ?
४ प्रशोधन र भण्डारण
फललाइ टिपे पछि जति सक्दो चाडो प्रशोधन गर्नु पर्दछ । यस प्रविधिमा धुने वाक्सीङ गर्ने र ग्रेडीङ गर्ने कार्य पर्दछन । फललाइ सफा पानीले धोइ पखाली गर्दा फलमा भएका रोगका जिवाणु पखालिएर जान्छ, वाक्सीङ गर्दा फलमा भएको पानीको मात्रा उडेर जाने क्रम र फलमा वाहिरका रोगका जिवाणुको आक्रमण कम हुन्छ, जसले गर्दा फल लामो समय सम्म ताजा राख्न र च्याउरी पर्न वाट रोक्न सकिन्छ । सानो ठुलो मिलाएर ग्रेडीङ गरेर राख्दा फलको आकार अनुसार
वजारीकरण गर्न पाइन्छ ।
फल भण्डारण गर्दा फल को वजार मुल्यको आधारमा कुन हप्तामा कती फल वजारमा पठाउने हो सो अवधी सम्म भण्डारण गर्नका लागी उपयूक्त तापक्रम मिलाएर राखु पर्दछ । कुन फललाइ कती तापक्रममा राख्दा कति समय राख सकिन्छ सो को आधारमा तापक्रम मिलाएर राखे ।
फललाइ प्याकीङ गर्दा हावा खेल्ने साधानमा फल एक आपासमा ठोकीएर नविग्रनी गरी सानो सानो प्याक वनाएर प्याकीङ गर्ने, प्याकीङ गर्ने साधन ठुलो भएमा भित्र भित्र तापक्रम वढेर फल गुम्सीने र चाडो विग्रने हुन्छ । वजारमा लैजाने वेला सम्म उपयूक्त तामक्रममा राख्ने व्यवस्था गर्ने ।
प्रशोधनका लागी साना साना समुह सहकारीले पनि संचालन गर्न सक्ने किसिमका मेशीनका लागी सरकारले प्रोत्साहन गर्नु पर्दछ ।
५ वितरण र वजारीकण
फलफूलको कुन ठाउमा कुन मुल्य छ सोही अनुसार वितरण प्रणाली मिलाउनु पर्दछ । फलफूलको मुख्य सिजनमा एकै पटक धेरै फलफूल वजारमा आउदा मुल्य नपाउने भएकाले केही महिना स्टोर गरेर केही महिना पछी वजारमा ल्याउदा मुल्य पनि पाउने वजारमा उपभोक्ताले नेपाली फलफूल पनि लामो समय सम्म खान पाउने भएकाले सरकार र सरोकारवालाले नियमन गर्न जरुरी छ ।







