जिल्लामा लागुपदार्थ प्रयोगकर्ताको बढ्दो संख्यालाई लिएर चिन्ता ब्यक्त

नेपालगन्ज : चेन्ज टिम बाँकेले बाँकेमा लागूऔषध बिरुद्धको क्षेत्रमा काम गर्ने सरोकारवालाहरुको समन्वयात्मक बैठकको आयोजना गरेको छ ।

बैठकमा सहभागीहरुले जिल्लामा लागुपदार्थ प्रयोगकर्ताको बढ्दो संख्यालाई लिएर चिन्ता ब्यक्त गरेका छन ।

बाँकेमा लागिऔषध प्रयोगकर्ता बढ्दै गए पनि चेन्ज टिमले भेरी अस्पतालको सहकार्यमा संचालित क्षती न्यूनीकरण कार्यक्रम अन्तरगतको मेथाडोन उपचार पद्धतिद्वारा हाल ७० जना लागू औषध प्रयोगकर्ताले उपचार लिइरहेको चेन्ज टिमका अध्यक्ष प्रविण बिसीले बताएका छन् ।

भेरी अस्पताल नेपालगन्जका डाक्टर दिप्ती काफ्लेले  मेथाडोनको प्रत्यक दिनको डोज लिन भेरी अस्पतालनै पर्ने हुने हुँदा यातायात खर्च र लामो दुरीका कारण यो उपचार पद्धतिमा सहभागीहरु मध्य केही ड्रप आउट हुने गरेको बताउनु भएको छ ।

चेन्ज टिमले भेरी अस्पतालसंगको सहकार्यमा सन २०१२ देखी मेथाडोन कार्यक्रम संचालन गरिरहेको बताउनुभयो । जसमा हाल नियमित ७५ जनाले उपचार लिइरहेका छन् ।

जिसीका अनुसार क्षती न्यूनीकरणको लागी चेन्ज टिमले विभिन्न खाले क्रियाकलाप गर्दै आएको छ भने नेपालगन्जमा लागु औषध प्रयोगकर्ताको लागी पुनःस्थापन केन्द्र समेत संचालन गर्दै आएको छ ।

कार्यक्रममा मेथाडोन उपचार पद्धतिमा जोडिएका लागुऔषध प्रयोगकर्ता विभिन्न अभियोगमा अनुसन्धानको क्रममा प्रहरी निगरानीमा हुँदा समेत अस्पतालको र चेन्ज टिमले जिल्ला प्रहरी कार्यालयमै गएर औषधी खुवाउदै आएको बताएका थिए भने लागू औषध नियन्त्रण ब्युरो बाँकेका प्रहरी निरीक्षक प्रकाश केसीले सोको लागी आफुहरुले समन्वय गर्ने बताएका छन् ।

कार्यक्रममा बोल्दै लागू औषध सेवनका कारण मानिस तथा समाजमा शारिरिक, मानसिक, आर्थिक, सामाजिक कानुनी असरहरु देखा पर्ने हुदा समग्ररुपमा समाजका हरेक क्षेत्रलाई लागु औषध प्रयोगकर्ताको असर हुने हुँदा सबै सरोकारवाला निकायले यसको बारेमा मिलेर काम गर्नुपर्ने सहभागीले बताएका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नरेश बिक, वडा प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक इन्द्रजित सुनार, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकार लगायत सरोकारवाला निकायको सहभागीता रहेको थियो भने कार्यक्रमको सहजीकरण चेन्ज टिम बाकेका प्रोग्राम कोर्डिनेटर इन्द्रा कुमारी जिसीले गर्नुभएको थियो ।

प्रतिक्रिया