जन्मदिनमा छोरीलाई बिमा उपहार

बर्दिया : जन्मदिनको दिन छोरीलाई जिवनबिमा उपहार प्रदान गरेर बर्दिया बढैयाताल गाउँपालिका वडा नम्बर ५ का बाल कुमार थारुले उदाहरणीय कार्य गरेकी छिन ।

थारुले ४ बर्षकी छोरी सोनिका थारुलाई जन्मदिनको दिन रिलायबल लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखा मार्फत सुलभ बाल प्लसजीवन बीमा योजना उपहार प्रदान गरेकी हुन् ।

छोरीको जन्मदिनको दिन छोरीको भबिष्य निर्माणमा सहयोग होस भनेर जन्मदिनको दिन हुने फजुल खर्च र अन्य उपहारको साटो जीवन बिमा उपहार दिएको बाल कुमार थारुले बताएका छन् ।

रिलायबल लाईफ नेपालगञ्ज शाखा मार्फत ७ लाख ५० हजारको सुलभ बाल प्लस जीवन बीमा गरेको रिलायबल लाईफ इन्स्योरेन्स नेपालगन्ज शाखाको शाखा प्रमुख रवि कुमार बराईली ले बताए ।

बीमाको महत्व बुझी छोरीको सुनि्चित भबिस्यको लागि जीवन बिमा प्रदान गरेकोमा खुशी व्यक्त गर्दै उहाँको पारिवारिक सुख शान्ति र समृद्धिको रिलायबल नेपालगञ्ज शाखा परिवार कामना गर्दछौं, नेपालगन्जका मार्केटिङ कर्मचारी प्रभा गौतमले भने ।

प्रतिक्रिया